आकाश  छुन उडेकोलाई क्षितिज मात्र हेर्ने रहर हुँदैन!
संसार डुल्न निस्केकोलाई भुल्याउने कुनै शहर हुँदैन!!

आफ्नो पखेटाको भरमा निस्केको पन्छी आँधी  देखी डराउँदैन !
गन्तब्यमा पुग्न हिँडेको  यात्रु बाटोमा कतै हराउँदैन!!

समुन्द्री बेग थेग्न निस्केको डुंगा कहिले कागजको हुँदैन!
मन देखी कर्तब्यनिष्ठलाई बहिरी आवरणले छुँदैन !!

भाग्यको दोष  वा नियतिको खेल् , मान्छे जहिले अन्योल्मै हुन्छ!
आँखा अगाडी सपना टुट्दा फेरी उ मन देखी रुन्छ!!

वीरगाथा लेख्न जन्मेको योद्दा युद्धमा कहिले  हार्दैन!
घायल सिंह किन नहोस् तर स्यालले तेस्लाई मार्दैन!!

मन जित्न निस्केको मान्छे माया बाँडेर  अघाउँदैन!
संसार जित्न हिँडेको मान्छे मेहेनत देखी डराउँदैन !!

Advertisements