कुनै सम्बन्ध अनायासै जोडिएका हुन्छन् : सायद जान्दा नजान्दै, चाहँदा नचाहँदै! कुनै मोडमा, कतै भीडमा, कुनै गल्लीमा, कुनै दोबाटोमा कसैसँग ठोक्किँदा, कसैको सहयात्री भईदिदाँ, कुनै लामो यात्रा पनि क्षणिक लागिदिदाँ, कुनै अप्ठ्यारो बाटो पनि सहज बनिदिदाँ, गन्तब्यमा पुग्न सजिलो भईदिदाँ: सहयात्री सँगको सम्बन्धले पनि निष्कर्ष खोज्दो रहेछ!

कसैको पर्खाइमा बितेको समयले हिसाब माग्दो रहेछ! कसैसँग भएको कुराकानिले औचित्य खोज्दो रहेछ! यहाँ त सम्बन्धलाई नाम दिन पनि हरेक प्रयासको अस्तित्व समेट्नु पर्ने रहेछ ।

यिनै सम्बन्धको औपचारिकताका बिच कहिलेकाहिँ मान्छे कती अन्योलामा पर्छ, चाहँदा नचाहँदै सुरु गरेको सम्बन्धले जिन्दगीमा प्रश्रय पाएको पनि उसलाई थाहा हुँदैन । त्यसैले त मोडमा भेटिने घुम्ती जस्ता सम्बन्धलाई गन्तब्य ठानेर दिग्भ्रमित भई बरालिनेहरु गल्ली-गल्लीमा भेटिन्छन् यहाँ ।

Advertisements