तिमी आउने बाटोमा
दिन ढले
रात परे
रुखले पालुवा फेरे
मौसमले आफ्नो रंग बदलियो
जिन्दगीले आफ्नो ढंग बदलियो
पर्खाईमा कयौँ प्रहर बदलिए
तर तिमी आएनौ!

तिमी आउने आशमा
निद्रामै कती कोल्टे फेरे
कहिले तिम्रो आगमनको सपना देखेँ!
तर सपनाजस्तो बिपना हुँदैन रहेछ
त्यसैले त रातको अध्याँरोमा बन्द आखाँका पर्दाभित्र तिमीलाई पाएँ
तर दिनको उज्यालोका बिच तिमीलाई फेरी गुमाएँ!

आखाँ उघ्रेसँगै बिलाउने तिमी
मेरो कहिले पुरा नहुने सपना रहेछौ!
हेर्दा हेर्दै हर दिन बदलिए
रात बदलिए
बात बदलिए
साल बदलिए
हाल बदलिए
बदलिएनौ त केवल तिमी र त्यो बाटो
जहाँ तिम्रो याद त सधैँ आईरह्यो
तर तिमी आएनौ!